बाजुराको बुढीनन्दा-५ मा मतदान सकियो

सांकेतिक तस्वीर

बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन शनिबार सम्पन्न भएको छ ।मंसिर ४ गते झडप भएपछि यो क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया रोकिएको थियो।

बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी गराउनुभयो। यो केन्द्रमा ९ सय ९९ जना मतादाता रहेकोमा ५ सय ९७ जनाले मतदान गरेका छन्।

जसमध्ये ३ सय १२ पुरुष र २ सय ८५ जना महिलाले मतदान गरेको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो।