दोलखामा माओवादी केन्द्रका कार्कीले लिए अग्रता

फाइल तस्वीर

काठमाडौं। दोलखामा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो।

जिल्लाको गौरीशंकर गाउँपालिकाबाट सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

९११ मत गणना गर्दा कार्कीले ५३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २७४ मत पाएका छन्। त्यस्तै राप्रपाका विजय खड्काले १४ मत पाएका छन्। उता, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २२ मत प्राप्त गरेका छन्।