स्याङ्जा २ मा काँग्रेसका धनराज गुरुङको अग्रता कायमै

फाइल तस्वीर

काठमाडौं । स्याङ्जा २ मा मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पार्नु भएको हो ।

काँग्रेसका गुरुङले २२ हजार १२० मत पाउनु भएको छ भने एमालेकी अर्यालको २० हजार ४९ मत रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार ३२ मत प्राप्त गर्नु भएको छ ।

यसैबिच स्याङ्जा २ को (क) तर्फ भने नेपाली काँग्रेसका महेश भट्टराई अग्रता लिनु भएको छ । सुरुबाट नै अग्रता लिई रहनु भएका एमालेका बुद्धिमान श्रेष्ठलाई २३ मतले पछि पार्दै अग्रता बनाउनु भएको हो । भट्टराईले नौ हजार ८६९ मत पाउनु भएको छ भने श्रेष्ठको नौ हजार ८४६ मत छ ।

अव गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भइसकेको छ ।

प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । जसमा काँग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ ।