शेयर बजारमा २४ अंकको गिरावट, एक अर्ब ६७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४६ अंकले घटेर एक हजार ९ सय ३८ दशमलब ७६ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । नेप्सेमा एक अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ३.१२ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ ।

आज अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ। यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज ३० करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ।