१५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई १५ किलोको माला

काठमाडौं। सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो। देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ।

यसअघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए। पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो।

पार्टीमा विवाद भएपछि रवि लामिछानेको आयो प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिनुभएको छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताउनुभयो।

पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन्।

लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन।

सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताउनुभयो। नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानेले राज्यले गर्ने छानबिनमा सघाउने बताउनुभयो।