मुगुको जिल्ला अस्पतालमै जीवन जलको अभाव

काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अभाव हुँदासमेत अस्पताल प्रशासनले चासो राखेको छैन् । झाडापखालाका बिरामी अस्पताल आउँदा त्यसै फर्केर जानु पर्ने अवस्था छ । झाडापखालाका बिरामीहरुले उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको गुनासो गरेका छन् । जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँने गरेका छन् ।

जिल्ला अस्पतालमा जीवनजलको अभाव एक महिनादेखि हुँदासमेत सम्बन्धित निकायले ध्यान दिएको छैन् । बिरामीलाई जीवनजल महङ्गोमा किन्नु पर्ने बाध्यता छ ।

अस्पतालमा जीनवजल मात्र नभई नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएका औषधिहरुको समेत अभाव छ ।