२४ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं। धनुषाबाट स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ।

धनुषाको विदेह नगरपालिका ९ इटहर्वाको सीमा इलाकामा भारतबाट आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीलेजनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।