राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।रास्वपाले बुढानीलकण्ठस्थित एक होटलमा संसदीय दलको बैठक बोलाएको हो।

सोमबार बिहान साढे ८ बजेदेखि बस्ने बैठकले संसदीय दलको नेता समेत चयन गर्ने रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए।

संसदीय दलको बैठकपछि दुई दिने अभिमुखीकरण तालिम सञ्चालन हुने ढकालले बताए।