लोकसेवा आयोग सुदूरपश्चिमले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान (सूचना सहित)

काठमाडौं । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले माघ १७ गतेसमम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।