सकियो प्रचण्ड–ओलीबीचको छलफल,भयो यस्तो सहमति

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको बताइएको छ ।

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ ।

ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ ।

दूरपश्चिम प्रदेशमा एक मत बदर हुँदा भीम भण्डारी सभामुख हुन पाएनन्।

बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकले सभामुख पदका लागि निर्वाचन गराएकोमा एक मत बदर हुँदा सत्तापक्षका भीम भण्डारी सभामुख हुन पाएनन् । अर्को बैठक शुक्रबार बिहान ११ बजेलाई डाकिएको जानकारी दिएको छ ।

प्रतिपक्ष दल कांग्रेसका मानबहादुर रावल र सत्ता पक्षका तर्फबाट माओवादीका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए।

सुदूरपश्चिममा हाल कायम सम्पूर्ण प्रदेश सभा सदस्यको संख्या ५३ जना छ। सभामुख हुन उम्मेदवारले कम्तीमा २७ मत ल्याउनुपर्छ। बिहीबार सभामा निर्वाचन हुँदा सुरूमा कांग्रेसका रावलले २३ मत र भण्डारीले २७ मत पाएका थिए।

दोस्रो प्रस्तावका रूपमा माओवादीका भण्डारीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २६, विपक्षमा २३ र एक मत बदर भयो।
सभाको अध्यक्षता गरिरहेका शिवराज भट्टले एक जना सांसदले उम्मेदवार बाहेकको नाम रहेको कोठामा मत दिएकाले गणना नभएको सभामा जानकारी गराए।