टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङकै प्रयास देखियो: सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला परेको छ ।

पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले बताउनु भयो ।

उहाँका अुनसार क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको छ ।

उहाँले भन्नुभयो,म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको छ।

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।