काठमाडौंमा हुन लागेको दुबई प्रोपर्टी मेलामा प्रहरीको हस्तक्षेप

काठमाडौं । काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला नेपाल प्रहरीले रोकेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको बताउनु भयो ।

आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट समेत बरामद गरिएको उहाँले बताउनु भयो ।

यस प्रकृतिको कार्यक्रमको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो’, उहाँले भन्नुभयो,’त्यसैले बरामद पासपोर्ट अनुसन्धानका लागि उतै जिम्मा लगाउँछौं।