बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया सुशीला वि.क रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो ।