प्रदेश १ नामाकरणमा एमाले र माओवादी एउटै कित्तामा,काँग्रेसलाइ लाग्यो झट्का

काठमाडौं । प्रदेश नम्बर १ को नामाकरणका सवालमा नेकपा माओवादी केन्द्र सरकारले ल्याएको नामका पक्षमा मत हाल्न तयार भएको छ।

सरकारले जुनसुकै नाम प्रस्ताव गरेपनि पक्षमा मत हाल्ने निर्णय भएको माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए।

उनले नाम राख्ने विषयमा माओवादी वाधक नबन्ने बताए । उनले, भने हामी प्रदेशको नामकरणका विषयमा बाधक बन्दैनौ, सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्छौ।

यता, एकीकृत समाजवादीले भने फरक नाम प्रस्ताव गर्ने तयारी गरेको छ ।नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश १ को नाम ‘किराँत–कोसी वा किराँत–सगरमाथा’ मध्ये एक पेश गर्ने तयारी भएको बताए ।

उनले प्रदेश १ को नाम बहु पहिचानको आधारमा हुनुपर्ने बताए ।राजेन्द्र राई मुख्यमन्त्री हुँदा प्रदेशको नाम किराँत राख्नु पर्ने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए ।

प्रदेश १ नामाकरणमा एमाले र माओवादी एउटै कित्तामा उभिएपछि काँग्रेसलाइ ठूलाे  झट्का लागेकाे छ। माओवादी कुनै पनि हालतमा एमालेलाइ साथ दिने बताएपछि काँग्रेसका सांसदहरूले विराेध गरेका छन्। तर विराेधकाे कुनै पनि तुक नभएकाे माओवादीका सांसदहरूले प्रतिक्रिया दिएका छन्।