उग्रवापन्थी,अवसरवादी र आत्मसमर्णवादी प्रचण्ड पतनको यात्रामा: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनकाे बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्दै प्रचण्डलाई टिप्पणी गरेका छन्।

‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ पोखरेलले लेखेका छन्।

एमाले सरकारबाट बाहिरिएपछि माओवादीविरुद्ध तिखो आलोचना गर्न थालेको छ।