दूधको मूल्य बढाउन मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । २०७९ फागुन १९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको हो।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो।

यसअघि दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीहरूले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन प्रस्ताव गरेका थिए।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका थिए।