देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारको यस्तो छ १८ बुँदे निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ।

बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ।

प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापन आगामी दिनमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन्।

हेर्नुहोस् निर्देशन