यसरी बन्दै नयाँ समीकरण: देउवा र ओलीबीच गोप्य भेटवार्ता,प्रचण्डको प्रधानमन्त्री पद धरापमा

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नयाँ रानीजीतक समीकरणको प्रयास सुरु भएको छ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सरकार गठनको लागि नयाँ समीकरणको प्रयास सुरु भएको हो।

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई नेपाली कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएका थिए। जसमा माओवादीको साथ लिएर कांग्रेसले राष्ट्रपतिमा बाजी मारेको छ।

जसपाले पनि उपराष्ट्रपति पद पाएको छ। पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर सभामुख, राष्ट्रिय सभा सदस्य, केही प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख हात पार्न सफल एमाले अहिले प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ।

शक्ति बाँडफाँडकै हिसाब हेर्ने हो भने कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति, माओवादीले प्रधानमन्त्री, एमालेले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा अध्यक्ष पाएका छन्। यी सबै पद दलहरूले गठबन्धन बनाएर पाएका हुन्।

यो तीन महिनाको बीचमा देशमा दुईवटा गठबन्धन देखिए। पहिलो पाँचदलीय गठबन्धन तोडेर सात दलीय गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने।

त्यसलगत्तै प्रचण्डले उक्त गठबन्धन तोडेर १० दलको अर्को गठबन्धन बनाए । दश दलको गठबन्धनबाट राष्ट्रपतिमा राष्ट्रपतिमा रामचन्द्र पौडेलले बाजी मारे।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवले पनि आठ दलको समर्थन पाए। राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनपछि अब नयाँ दलीय समीकरण बन्ने निश्चित छ।

प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्। त्यसैले उनले चैत ६ गते विश्वासको मत लिने छन्। चैत ७ गते सार्वजनिक बिदा छ।

चैत ८ र ९ गते गठबन्धनको बैठक बसेर सरकारमा काँग्रेसलाई सहभागी गराएर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आरामको श्वास फेर्ने प्रयासमा छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगावै काँग्रेसलाई प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको कुर्सीमा राख्ने प्रयास गरिरहे पनि कांग्रेस त्यसको लागि तयार देखिएको छैन।

कांग्रेस सभापति शेरबहादुर देउवा पुस १० गते नतै प्रधानमन्त्री हुने दाउँमा थिए। एकाएक बनेको माओवादी र एमाले गठबन्धनले उनको सपना त्यहीखेर पुरा हुन पाएन । यत्तिखेर देउवालाई प्रधानमन्त्री बन्ने नयाँ योग जुरिरहेको छ।

नेकपा एमाले देउवालाई प्रधानमन्त्री बनाउन सक्दो प्रयास गरिरहेको छ। मुलुककै ठुलो दल भएको हैसियतले देउवाको प्रधानमन्त्रीको चाहाना स्वभाविक पनि छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण एमाले र कांग्रेस दुवैले धोका पाइरहेका छन् यस्तो अवस्थामा चेत खाइसकेका यी दुई दल एक ठाउँमा मिल्न सक्ने अवस्था स्वतः बनिसकेको छ।

एमाले र कांग्रेस मिलेमा सरकार बनाउनका लागि अन्य कुनै दलको साहारा आवश्यक नपर्ने हुँदा यी दुई दल एक ठाउँमा आउनसक्ने धेरै बलियो शम्भावाना बढ्दै गइरहेको छ ।

१० दलको गठबन्धन बनाएर सरकार चलाउने दाउँमा रहेका प्रचण्डलाई यत्तिखेर १० दलको व्यवस्थापन गर्न निक्कै सकस छ।

भएभरका दलहरूले उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय मागिरहेका छन्। यस्तो अवस्थामा प्रचण्ड सरकार आफैमा धराप अवस्थामा छ।

एकीकृत समाजवादीले सबै दलले प्रमुख पद पाइसकेकाले आफ्नो दलले गृहमन्त्रीमा दाबी गर्ने र तीन मन्त्रालय लिने बताएकाले पनि प्रचण्डलाई यस्को व्यवस्थापन गर्न निक्कै सकस छ ।

सबैभन्दा ठुलो दल कांग्रेस स–सना मन्त्रालयमा चित्त बुझाउन तयार हुने कुरै भएन । राष्ट्रपति आफ्नो भागमा पारिसकेको कांग्रेसका लागि आफै सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भइरहेको बेला अब उसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लतारिने जाँगर चलाउने अवस्था नै छैन।

भएभरका दलहरूको बथानमा कागको समूहमा बकुल्ला बन्नु भन्दा कांग्रेस आफै सुविधाजनक सरकार चलाउने ठाउँको खोजीमा छ।

एमाले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार गिराउन कुनै क्रसर बाँकी नराख्ने मोडमा भएकाले कांग्रेस आफूलाई प्राप्त उपयुक्त यो अवसर त्यसै छोड्नै अवस्थामा नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

बन्न लागेको संभावित समिरकणले देउवालाई प्रधानमन्त्री र प्रचण्डलाई प्रतिपक्षीमा पुर्‍याउने सम्भावना धेरै बलियो बनिरहेको छ।

त्यस्तै देउवा र ओलीबीच केही समय अगाडी मात्र गाेप्य भेटवार्ता भएकाे खुल्न आएकाे छ। एमाले अध्यक्ष ओलीले देउवालाइ पाँच बर्ष नै प्रधानमन्त्री हुन प्रस्ताव समेत गरेकाे स्राेतकाे दाबी छ। तर देउवाले केही पनि प्रतिक्रिया नदिएकाे र पार्टी भित्र थप सल्लाह गरेर मात्र याे बिषयमा भन्न सकिने जवाफ दिएकाे स्राेत बताउ छ।