प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन यस्तो निर्णय ,अब के गर्लान् त?

काठमाडौं । सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतवार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले यसबारेमा शनिबारको बैठकमा छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए ।

उनले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।