सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाइ हुने

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनवाइ हुदैँछ। जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो।

सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइ भएको थिएन। लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ।