रविले खुलाए सरकारलाई समर्थन गरिराख्नुको यस्तो छ कारण ?

काठमाडौं। चुनाव प्रचार प्रसारका क्रममा ‘पद पाईहालिन्छ की? भन्ने आसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नाजवाफ भएका छन्।

चित्त वुझ्दो जवाफ नभएपछि उनले ‘सरकारलाई समर्थन दिईरहनुको गहिरो कारण छ भन्दै हिड्न थालेका छन्। तर, गहिरो कारण भने के हो भन्ने उनी खुलाउँदैनन्।

वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन–२ मा उम्मेदवार रहेका लामिछानेले शुक्रबार आयोजित एक कार्यक्रममा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा आफूहरूले हस्ताक्षर बुझाएकाले समर्थन कायम राख्नुको कानुनी अर्थ रहेको बताए।

‘समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन तर त्यसको एउटा कानुनी आधार छ। त्यसको एउटा कानुनी बाटो छ,लामिछानेले भने,त्यसको गहिरो कारण छ।

हामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउँदाखेरि राष्ट्रपतिकहाँ जाँदा हस्ताक्षरकर्ता हौं। त्यसकारणले यसको कानुनी अर्थ छ।त्यो कानुनी अर्थ के हो भन्नेचाहिँ उनले आफनो भाषणभरी कतै खुलाएनन्।