शेखर–गगनको स्वर्णिममाथि यतिधेरै किन आक्रमण यस्तो रहेछ कारण?

काठमाडौं। विरासतको बाढी कांग्रेसमै रहेको वताउने डाक्टर स्वर्णिम वाग्लेविरुद्ध कांग्रेस वृत्तमा विभिन्न कोणबाट आरोप–प्रत्यारोप हुन थालेको छ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनावमा उम्मेदवार बनेका वाग्लेले शेरबहादुर देउवा र आरजु राणा देउवामाथि लगाइएको संगिन आरोपको पोको जसलाई पठाए उनीहरु नै वाग्लेप्रति कडा रुपमा किन पेश हुन थाले?

अर्थशास्त्री स्वर्णिम वाग्ले कांग्रेसको विरासत बोकेर धेरै स्थानमा आफ्नो करियर विकास गर्ने अवसर पाए।

कांग्रेसले विभिन्न आवरणमा वाग्लेलाई राजनीतिक नियुक्ति दिलाउनेदेखि उनलाई उच्च प्राथमिकतामा राख्दै आयो।

अझ कतिसम्म भने कांग्रेस महामन्त्री गगन थापाले त सार्वजनिक रुपमै वाग्लेलाई आफ्नो क्षेत्रबाट उम्मेदवार बनाए आफू तराई – मधेस झर्न तयार रहेको बताए।

शेखर–गगन समूहको आशिर्वाद पाएका वाग्ले कुनै समय देउवाको प्रथम रोजाईमा पर्ने व्यक्ति थिए। देउवाले नै राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्षको हैसियत दिलाएको कांग्रेस वृत्तमा चर्चा हुने गरेको छ।

कांग्रेसले वाग्लेलाई कति गुन लगायो र वाग्लेले कांग्रेसलाई कति गुन लगाए त्यो उनीहरुले नै जान्ने विषय भएपनि वाग्लेलाई कांग्रेसले उच्च प्राथमिकतामा राखेको विषय भने लुक्न सकेको देखिन्न।

घोषणापत्र मस्यौदा समितिदेखि विभिन्न स्थानमा प्राथमिकता दिएको कांग्रेससँग उनी किन विच्किए त? यसको जवाफ स्वयं वाग्ले आफैले दिएका छन्।

वाग्लेले आफू राष्ट्रपतिको सल्लाहकार बस्ने र त्यसमा मन्त्री सरहको सुविधा माग गरे।

तलव नलिने सर्तमा यस्तो -याङकिङ मागेका वाग्लेले यो पाउन सकेनन्। मन्त्री सरहको सुविधा नपाएको झोक र देउवा आरजुमाथि तुष पोख्दै रास्वपा पुगेका वाग्लेप्रति कांग्रेस महामन्त्री गगन थापाले कडा प्रतिवादमा उत्रिन थालेका छन्।

थापाले जागिरे जीवन विताएका वाग्लेले कांग्रेसलाई सराप्ने अधिकार नभएको बताउदै आएका छन्।

यसरी नै डाक्टर शेखर कोइरालाले पनि वाग्लेप्रति कटाक्ष गरेका छन्। अवसरवादीहरुबाट जोगिनुपर्ने बताएका शेखरले वाग्लेको नाम नलिएपनि यो टिप्पणी उनीप्रति नै थियो भन्ने बुझ्न कठिन छैन्।

पछिल्लो समय कांग्रेस नेता कार्यकर्ताहरुले वाग्लेप्रति आक्रोश पोखिरहेका छन्। तर, वाग्लेले कांग्रेस परित्याग गर्नेबेला देउवा र आरजुमाथि आरोप लगाउदै पहिलो सन्देश नै शेखर–गगनलाई पठाएको बताइन्छ।

वाग्लेले यति नजिकका व्यक्ति सम्झेर सन्देश प्रवाह गरेपनि यीनै नजिकका व्यक्तिहरुले वाग्लेप्रति किन कटाक्षमाथि कटाक्ष गर्न थाले रु आम चासो बढ्दो क्रममा छ।