किरण अधिकारी थारुको स्मृति स्मारिका प्रकाशनको अन्तिम तयारी


क. किरणकाे असामयिक निधनले विधार्थी आन्दाेलनमा क्षति पुग्न गएकाे छ। मृत्यु साश्वत सत्य छ , हामीले स्विकारनै पर्दछ।
हाम्राे संगठनका इमानदार, लगनशिल छबिका नेता तथा केन्द्रिय उपाध्यक्ष कमरेड किरण अधिकारी थारुकाे असामयिक निधनले हाम्राे गाैरवशाली संगठन अखिल (क्रान्तिकारी) स्तब्ध अनि मर्माहित भएकाे छ।
विधार्थी उर्जावान नेता कमरेड किरणकाे पार्टी/ संगठन प्रतिकाे दृढ,इमानदारिता र विश्वासकाे लगाव अतुलनीय थियाे। विभिन्न व्यक्तिकेन्द्रित अवसर, स्वार्थ,आस्वासनमा कहिल्यै नलाग्ने नेता थिए ।
उहाँकाे भाैतिक शरीर हाम्राे माझमा नभए पनि उहाँले लिनु भएकाे विचार ,आस्था भने हाम्राे बिच रहिरहने छ । आन्दाेलन, संधर्ष र संगठन प्रतिकाे इमानदारीताकाे लगाव भएका उनीबाट यहि गुण सम्पुर्ण नेता देखि कार्यकर्ताले आफ्नाे जीवनमा अनुकरण गर्दै आफ्नाे जीवनमा उत्रार्नु सक्नु पर्दछ ।
पछिलो अवस्थामा उहाकाे स्वास्थ विग्रिएकाे र परिवरकाे सदस्यहरुले उहालाइ बचाउन भुमिकाैनिर्वाह गर्दा पनि प्रयासहरु निश्कृय बन्न पुगेछन , कमरेड किरण प्रतिकुल अवस्थासंग अन्तिम घडीसंग जुझ्दा-जुद्दै उहालाइ बचाउन सकिएन छ !
स्वच्छ, इमान्दार छबी भएका अखिल(क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्षकाे भुमिकामा निर्वाह गर्दै आउनु भएका कमरेड किरणकाे असमाहिक निधन प्रति संगठनका केन्द्रिय अध्यक्ष कमरेड हरिकृष्ण गजुरेलले श्रद्धाञ्जली वक्तव्य जारी गर्नुभएकाे थियाे ।
संगठनले उहाँ जस्ताे इमानदार,पार्टी संगठन प्रति जीम्वेवारी वहन गर्ने दृढ बफादारी विधार्थी नेता गुमाउदा ठूलो क्षति वेहर्नु परेकाे छ ।
उहाकाे इमान्दारिता प्रति कसैलाइ पनि शंका थिएन। हक्कि स्वभावका कमरेड किरण आफ्ना स्वार्थ सिद्ध गर्नकै लागि संगठन विराेध क्रियाकलापमा कहिल्यै आफूलाइ बडाइ चडाइ गर्न लागेन्न,अरुप्रति बेइमान, षडयन्त्र ,चाप्लुसि गर्न लाग्नुभएन।
उहाँकाे इमानदारितालाइ हामी र हाम्राे संगठनले सदैब स्मरण गरिरहने! सरल,मिलनसार स्वभावका हाम्रा सहयाेद्धाकाे अकास्मात मृत्युले हामी सबै स्तब्ध बनाएको छ।
कमरेड किरणले जीवनमा लिनुभएकाे उद्देश्य पुरा गर्ने जिम्मेवरी हाम्राे काधमा आएकाे हुदाँ उहाँका अधुराे सपनालाइ हामी सबै जिम्मेवार बहन गर्दै बाकि कार्यभारलाइ पुरा गर्नु सबै कमरेडहरु इमानदारीताका साथ लाग्नु नै उहा प्रतिकाे न्याय र हाम्राे वर्तमान जीम्मेवारी हाे।
उहाँकाे सम्झना स्वरुप हामीले संगठनकाे तर्फबाट स्मृतिगन्थ प्रकासन गर्ने धाेषणा एवं प्रतिवद्धता जाहेर गरेका थियो ।
