राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा जाने सदस्यको नाम टुङ्ग्यायो

फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ।

संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था अनुरूप राष्ट्रियसभाले आज नाम टुङ्ग्याएको हो।

संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समितिका लागी प्रतिनिधि सभाले टुङ्गो नलगाउँदै राष्ट्रिय सभाले आज नाम टुङ्ग्याएको हो

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, काँग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ।