बाजुरामा केन्द्रविन्दु बनाएर बैशाखमै लगातार तेस्रो पटक भूकम्पको धक्का

काठमाडौं।सुदूरपश्चिम प्रदेशकाे बाजुरामा केन्द्रविन्दु भएर आज (शुक्रबार) भूकम्प गएको छ।राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो।बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ।

गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।