प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज (शुक्रबार)बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।