सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ।

गठबन्धनको दुई दिनअघि (आइतबार) बसेको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।