संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं।काठमाडौंको माइतीघर मण्डलामा संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरिएको छ। शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।

सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक र सरोकारवालाहरु माइतीघरमा ब्‍यानर पर्चा र पम्प्लेटसहित प्रदर्शन गरेका हुन्।

पम्प्लेटमा बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग अगाडी सारेका छन्।