बालबालिको प्रयोग गरी यौन धन्दा चलाउने भीआईपी स्पा एण्ड हेल्थ क्लवमा प्रहरीको छापा

काठमाडौं।बौद्धमा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लवमामा प्रहरीले छापा मारेको छ। बालबालिकालाइ प्रयोग गरी मसाजको नाममा यौन धन्दा चलाइ रहेको भन्ने समाचार प्रकाशित भएपछि प्रहरीले छापा मारेको हो।

समाचारको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भीआईपी स्पामा छापा मारेको थियाे।

बौद्धको बाहुनधारामा रहेको भीआईपी स्पा एण्ड हेल्थ क्लवका सञ्चालकले अबदेखि यस्तो क्रियाकलाप हुन नदिने प्रतिक्रिया जनाएको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

सो भीआईपी स्पा एण्ड हेल्थ क्लवमा छापा मार्दा बालबालिकाको प्रयोग भएको देखिएको र थप अनुसन्धान गर्ने बौद्ध प्रहरीले जनाएको छ।

भीआईपी स्पाले बालबालिको प्रयोग गरि यौन धन्दा चलाएको भएपनि वा नभएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

बालबालिको प्रयोग गरि यौन धन्दा चलाएको पाइएमा ‘मानव बेचबिखन मुद्धा’ दर्ता गरेर कारबाही अगाडि बढाउने प्रहरीले जनाएकाे छ।

बालबालिका नै भएकाे पहिचान खुलेपछि माइती नेपालकाे जिम्मा लगाएर थप कारबाहीकाे प्रक्रिया अगाडी बढाउने प्रहरीले जनाएकाे छ। 

भीआईपी स्पा एण्ड हेल्थ क्लव पनि दर्ता नभएकाे भन्ने सूचना आएकाेले त्यस बारे पनि थप अनुसन्धान गर्ने र त्यस्ताे भेटिएकाे खण्डमा राज्यलाइ ठगी गरेकाे आधारमा थप कारबाही हुने प्रहरीले जनाएकाे छ।