भुटानी शरणार्थी प्रकरण: टोपबहादुर–बालकृष्णलाई १५ वर्षसम्म कैद हुनसक्छ,राजनीतिमा फर्कन असम्भव

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ। यो प्रकरणमा प्रहरीले सङ्गठित अपराधतर्फ अनुसन्धान गरिरहेको हुँदा ६० दिनभित्र सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने बाध्यता प्रहरी सामु छ । चैत्र १२ गते पहिलो पटक यो गिरोहका ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँड, सरकारकै बहालवाला सचिव टेकनारायण पाण्डे लगाएत १४ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीलाई सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने चटारो परिरहँदा पछिल्लो पटक पक्राउ परेका केहि भिआईपीमाथि प्रयाप्त अनुसन्धान हुन सकेको छैन।

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा लगाएत केहिलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन। अब करिब १ साताको समय बाँकी रहँदा यो मुद्दालाई सरकारी वकिलको कार्यालयले अदालतमा कति बलियोसँग प्रस्तुत गला त रु यसमा संलग्न भिआईपी देखि आम व्यक्तिलाई कुन कुन मुद्दा चलाईएला र कस्तो कारबाही होला?

अर्कोतर्फ सर्वोच्च अदालतले टिकापुर घटनाको मुख्य दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गरिदिएको छ। राजनीतिक सौदाबाजीमा उनलाई रिहाई गराउने प्रयास सरकारले गरेको प्रयास सफल हुन नपाउँदै सर्वोच्चको फैसला आइसकेको छ।

अब सरकारले रेशम चौधरी र टिकापुर हत्याकाण्डको विषयलाई किनारा लगाउने कानुनी आधार के हुन्छ रु यि र यस्तै प्रश्नहरुको जवाफ खोज्नका लागि आजको ‘इश्यु अफ द डे’मा निम्त्याएका छौँ, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलाई। उनैसँग पछिल्लो समय देशमा विकसित घटनाक्रमबारे कुराकानी गरिएको छ।