देउवाका छोरा जयवीरसिंहले गरे इन्गेजमेन्ट

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।

जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ।

शिवाना कभर सिंगर हुन्। उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन।