कवि दिपा राई पुनको एकल साँझ कविता वाचन एवम् कृति विमर्श कार्यक्रम सम्पन्न
प्रेम प्रसाद कडेल-
चितवन। अक्षर समूह चितवनको आयोजनामा कवि दिपा राई पुनको एकल कविता वाचन एवम् कृति विमर्श कार्यक्रम नवलपुर गैंडाकोटको नारायणी रिसोर्टको सभाहलमा चितवन र नवलपुरका पुराना र नयाँ साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन अक्षर समूहका सचिव लेखराम सापकोटाले गरे भने एकल कविता वाचनको समिक्षात्मक टिप्पणी युवा कवि भुपिन खड्का, उदय अधिकारीले गरे।
कार्यक्रममा कविका बारेमा आफ्नो दृष्टिकोण कवि रञ्जना लिम्बूले व्यक्त गरिन्। कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी,पूर्ण प्रसाद अधिकारी रमेश प्रभात,सुरेन्द्र अस्तफल, ईश्वर कँडेल,सिर्जन अविरल,प्रभाकर पण्डित,प्रकाश चापागाईं,उपेन्द्रबाबु त्रिपाठी,युवा संगितकार निर्दोष मन,युवा गजलकार प्रेम कँडेल लगायतका उल्लेख्य साहित्यिक मनहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति अक्षर समूह चितवनक अध्यक्ष रमेश प्रभातले कार्यक्रम निकै शानदार एवम् भव्यताका साथ सम्पन्न भएकोमा उपस्थित सबै सबैमा हार्दिक आभारसहित कवि दिपा राई पुनलाई धन्यवाद दिदै समापन गरे।