एमाले अध्यक्ष ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाल)ले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिन लागेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षण तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल हुनेछ।

आज बिहान साढे १० बजेबाट सुरु हुने अनुशिक्षणमा एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सयजनाको सहभागिता रहने बताइएको छ। अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन्।