गणतन्त्रमाथि राजाबाट होइन राजनीतिक दलहरूबाटै खतरा: नेता कोइराला

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्रमाथि राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन्।

कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक दलकै कारण गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए।

‘राजाका गतिविधिले गणतन्त्र खतरा छ भन्ने गरेका छौं,उनले भने गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिडाउँन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए।

साथै नेता कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्ताले निर्देशनसमेत दिए।