मन्त्रिपरिषद् बैठक आज पनि बस्दै: यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ।मन्त्रिपरिषद् बैठक सोमबार (आज) दिउँसो २ बजे सिंहदरवारमा बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा पनि छलफल गरी टुङ्ग्याउने बताइएको छ।

सिंहदरवारमा बस्न लागेको उक्त बैठकले बजेट पास गरेपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले आज दिउँसो ४ बजे संघीय संसद्मा पेस गर्ने भएका छन्।