पूर्व राजालाई डाँडा कटाउन नपरोस्: मुख्यमन्त्री शर्मा

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनु पर्ने चेतावनी दिएका छन्। प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले त्यस्ताे चेतावनी दिएका हुन्।

मुख्यमन्त्री शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति संकेत गर्दै भने विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन,समाजवाद हुनसक्छ।

मुख्यमन्त्री शर्माले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताए। उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्।

यो व्यवस्था दशकौं लामाे संघर्षको जगबाट आएकाले हो,डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्। उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए।

मुख्यमन्त्री शर्माले कर्णाली र समर्ग देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको बताए गणतन्त्र दिवस मनाउनुको सार्थकता पनि यहि हुने उनले बताए। उनले भने फेरि पनि म भन्छु कसैलाइ डाँडा कटाउन नपरोस्,जिसकाउने काम कसैबाट नहोस् ।