दर्शन भनेको के हो ?

– हस्तबहादुर केसी 
दर्शन भनेको विश्व ब्रह्माण्डका बारेमा हेर्ने ,देख्ने ,बुझ्ने ,व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो। दर्शनको शाब्दिक अर्थ हेर्नु भन्ने हुन्छ।
तसर्थ दर्शन भनेको मानिसको भित्री आँखा हो। त्यसै आँखाका भरमा उसले हरेक वस्तुलाई हेर्ने,जाँच्ने,बुझ्ने र त्युैअनुसार उसले आफ्नो बाटो ठम्याँने गर्दछ। वर्ग – समाजमा दर्शन पनि वर्गीय हुन्छ। संसारमा धेरै प्रकारका दर्शन छन्।
 
 
 
मुख्यतः दर्शन दुई प्रकारका छन् :
 
 १) आदर्शवादी दर्शन 
 
२) भौतिकवादी दर्शन 
 
जसले चेतना ( आत्मा ) पहिलो हो चेतनाबाट पदार्थको जन्म भएको हो  भन्ने दार्शनिक आदर्शवादी दार्शनिक कित्ता भित्र पर्दछन् भने जसले पदार्थ ( वस्तु ) पहिलो हो र पदार्थबाट चेतनाको जन्म भएको हो , अर्थात् पदार्थको उच्चतम  ( विकसित ) रुप चेतना हो भन्ने दार्शनिकहरु भौतिकवादी दार्शनिक कित्ता भित्र पर्दछन्। यसरी दार्शनिकहरु दुई विपरीत कित्तामा विभाजित हुन पुगेका छन्।
 
 यस विश्व ब्राह्मणको सृष्टि कुनै अदृश्य शक्तिबाट भएको हो। यसको सृष्टि हुनुमा अलौकिक शक्ति , ईश्वरीय देन रहेको छ भन्ने दार्शनिकहरु आदर्शवादी ( आध्यात्मवादी ) दार्शनिक फाँट भित्र पर्दछन् भने यसको ठिक विपरीत यस विश्व ब्रह्माण्डको उत्पत्ति ( जन्म )  स्वनिर्मित छ।
 
यसको आदि र अन्त्य हुनुमा सार्वभौम ( वैज्ञानिक ) नियम छ। मान्छेको इच्छा र चाहनाले नभएर स्वचालित नियम बमोजिम यसको आदि अनत्य हुन्छ भन्ने चिन्तन वैज्ञानिक ( भौतिकवादी ) चिन्तन हो। यसको ठिक विपरीत ईश्वरीय कल्पनाबाट कुनै पनि वस्तुको जन्म र अन्त्य हुन्छ भन्ने चिन्तन आदर्शवादी ( अवैज्ञानिक ) चिन्तन हो। 
     
हरेक वस्तु गतिशील छ , परविारशील छ , द्वन्द्ववादी छ भन्ने दार्शनिक दृष्टिकोण  भौतिकवादी दार्शनिक फाँट भित्र पर्दछ भने यसको ठिक विपरीत कुनै पनि वस्तु स्थिर छ , गतिहिन छ, अपरिवर्तनीय छ , यसलाई  ईश्वर (अदृश्य शक्ति) ले सञ्चालन गर्दछ भन्ने दृष्टिकोण  फाँट भित्र पर्दछ। 
   
आदर्शवादी दर्शन सबै खाले प्रतिक्रियावादी वर्गको दर्शन हो भने द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको पक्षधर दर्शन हो । त्यसैले द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीवीहरुको पक्षमा बोल्छ र उनीहरू कै भलो गर्दछ। द्वन्द्वावाद र भौतिकवादको मिलनबाछ द्वन्द्वात्मक भौतिकवाद बन्दछ ।
 
(१) द्वन्द्ववाद के हो ? 
     
 यस विश्व ब्रह्माण्डमा अस्तित्वमा रहेका कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो , जीवनशील र मरणशील दुई विरोधी पक्ष बीचको लडाइँमा आधारित हुन्छ र त्यसैको लडाइँबाट नयाँ वस्तु जन्मन सक्छ। वस्तुमा रहेको यसै लडाइँ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पध्दतिको नाम द्वन्द्वाद हो।
   
द्वन्द्वावाद र भौतिकवाद दुबै पहिलेदेखि नै बेग्लाबेग्लै रुपमा विकसित हुँदै आएका थिए। द्वन्द्ववाद , आदर्शवाद र भौतिकवाद अधिभूतवादका शिकार थिए। द्वन्द्ववादक‍ो राम्रो विकास हेगेलले गरेका हुन्। तर उनलेे त्यो द्वन्द्ववादलाई निरपेक्ष विचार,परमात्मामा लागु गरे।
 
उनलेे ” परमात्मा वा विचारको विकास भएर वस्तुगत जगत बन्छ र त्यो वस्तुगत जगत विकसित हुँदै त्यही निरपेक्ष विचार वा परमात्मामा पुग्दछ ” भनेका थिए। त्यो हेगेलको आदर्शवादी विचार थियो । कार्ल मार्क्सले यसरी टाउकोले टेकेर उभिएको द्वन्द्ववालाई खुट्टाको भरमा टेकाउने काम गर्नु भएको थियोे।
 
(२) भौतिकवाद के हो ? 
     
यो वस्तुगत जगत अर्थात् विश्व ब्रह्माण्ड र सारा संसार पदार्थबाट नै बनेको हो। पदार्थ वा प्रकृति नै पहिलो हो,ईश्वर छैन , यो काल्पनिक कुरा हो विचार वा परमात्माबाटजगत बनेको होइन। यी कुराहरु बताउने सिध्दान्तको नाम भौतिकवाद हो।
   
यिनै अर्थात् द्वन्द्ववाद र भौतिकवाद दुबै पहिलेदेखि नै बेग्लाबेग्लै रुपमा विकसित हुँदै आएका थिए। द्वन्द्ववाद , आदर्शवाद र भौतिकवाद अधिभूतवादका शिकार थिए। द्वन्द्ववादको राम्रो विकास जर्मन दार्शनिक हेगेलले गरेका हुन्। तर त्यो द्वन्द्ववमदलाई हेगेलले निरपेक्ष विचार , परमात्मामा लागु गरेका थिए।
 
उनलेे परमात्मा वा विचारको विकास भएर वस्तुगत जगत बन्दछ र त्यो वस्तुगत जगत , फेरि विकसित हुँदै त्यही निरपेक्ष विचार वा परमातेमामा पुग्दछ भनेका थिए । यो हेगेलको आदर्शवादी विचार थियो।  मार्क्सले यसरी टाउकोले टेकेर उभिएको द्वन्द्ववादलाई खुट्टाको भरमा टेकाउने काम गर्नुभएको थियो। 
   
त्यसै गरी भौतिकवादको व्याख्या लुडविक फायरवाख आदिले गरेका थिए। तर उनीहरूले पदार्थलाई परिवर्तनशील बताउन र दुनियाँ बदल्ने कुरा गर्न सकिरहेका थिएनन्।  मार्क्सवादीले ती  कमीकमजोरीहरुलाई हटाई भौतिकवादलाई परिवर्तनको पध्दति वा द्वन्द्ववादसंग मिलाउने काम गर्नुभएको थियो।
 
यी सबै काममा मार्क्सका अनन्य मित्र  फ्रेडरिक एंगेल्सको विशेष भूमिका रहेको थियो। र , यसरी द्वन्द्वात्मक भौतिकवादी दर्शनको जन्म भयो। यस दर्शनमा लेनिन तथा माओ त्सेतुङले थप विकास गर्नु भयो र आज यो मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शन बन्न पुगेको छ। यही मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शन नै सर्वहारा वर्गको विश्वदृष्टिकोण अर्थात् पथप्रदर्शक सिध्दान्त बन्न पुग्यो। 
 
द्वन्द्वात्मक भौतिकवाद प्रकृति , मानव – समाज एवं चिन्तनमा विद्यमान गतिका आम नियमहरुको अध्ययन गर्ने र त्यै आधारमा समाज र संसारलाई फेर्नका लागि प्रेरित गर्ने , मार्गदर्शन गर्ने सर्वहारा वर्गको विश्वदृष्टिकोण हो।
 
यसको विशेषता खालि सिध्दान्तसम्म सिमित हुनु होइन , त्यो सिध्दमन्तलाई व्यवहारमा प्रयोग गर्नु पनि हो। अधिभूतवादीहरुले पदार्थलाई जड मान्दछन् , त्यस कारण उनीहरूले हरेक वस्तुको निर्माणको लागि भित्री होइन , बाहिरी कारणलाई प्रधानता दिन्छन्।
 
वस्तु वा प्रकृतिलाई गतिहीन ठान्ने भकाले तिनलाई काहिरबाट गति दिने तत्वको रुपमा ईश्वर , परमात्मा वा कुनै अलौकिक शक्तिलाई स्थान दिन्छन्।
 
लयस कारण उनीहरूले पदार्थ र चेतना ,शरीर वा मन तथा समस्त वस्तुगत जगत र विचार जगतबीच कुनै साइनो देख्दैनन् । र तिनलाई आपसमा अलग्याउछन्। समाप्त।