बाजुराको हिमाली गाउँपालिकामा एक महिलाले झुलङ्गे पुलबाट नदिमा हाम फाल्दा बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं।बाजुराको हिमाली गाउँपालिका –६ की एक महिला नदिकाे झुलङ्गे पुलबाट हाम फाल्दा बेपत्ता भएकी छन्।

गाउँपालिको वडा नं. ६  धिममा बस्ने महेश रावतकी श्रिमती अन्दाजी १८ बर्षीया रचना बुढथापा बेपत्ता भएको स्थानीयले बताएका छन्।

सोमबार श्रीमानसंगै माइति घरबाट फर्कने क्रममा श्रीमानसँग जान नमानेको र सोमबार वडा नं. ५ स्थित कवाडी नदिमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाजुरा र हुम्ला जोड्ने कवडी नदिको झुलङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। अहिले घटना स्थलमा नेपाल प्रहरी,नेपाली सेना र स्थानीय बासिन्दाले बेपत्ता महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।