दिनदहाडै बैंक लुट्ने एकजना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। महोत्तरीमा दिनदहाडै बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन्। हतियार देखाएर बैंक लुट्ने भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार बुधबार साँझ पक्राउ परेका हुन्।

कुमारलाई जिल्लाको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले बताए। उनकाअनुसार कुमारलाई अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए।

बैंक लुटपाट घटनामा लुटेराहरूमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताए।