सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको पाँचौँ दिन आज (बिहिबार) सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सुनको भाउ अघिल्लो साता (साउन ४ गते) हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । यस दिन सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसै गरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। यस दिन बजारमा चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।