३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित,कुन देशका कति ?

सांकेतिक तस्वीर

काठमाडौं। गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन्। यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन्। नेपालमा गैरकानुनी गतिविधिमा संलग्न र भिसा अवधि सकिएपछि पनि ओभरस्टेमा परेका विदेशीहरु नेपालबाट निष्काशनमा पर्ने गरेका छन्।

निष्काशनमा पर्नेको दोस्रो स्थानमा अमेरिकी नागरिक छन्। उनीहरुको संख्या ७ रहेको छ। यमनका ४ जना, बेलायतका ३ र दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका २र२ जना व्यक्ति असारयता निष्काशनमा परेका छन्।

भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १÷१ जना व्यक्ति समेत निष्काशित भएको विभागले जनाएको छ।