जिप चालकसँग घुस लिने दुइ प्रहरी निलम्बित

काठमाडौं।महेन्द्र राजमार्गमा चेक जाँचको नाममा जिप चालकसँग घूस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुइ प्रहरी जवानलाइ तत्कालै निलम्बन गरिएको हो ।

उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

यसरी प्रहरी प्रधान कार्यालयवाट निलम्बन परेको सुचना पाउनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन।

उनीहरूलाइ निलम्बन गरेर थप छानबिन अगाडी बढाएको जनाइएको छ।