माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी फेरबदल,कसले के पाए त ?

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)मा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ। केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गराएका हुन्।

त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन्। यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव,सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन्।

केन्द्रीय समिति बैठक कमलादीमा सुरु भइसकेको छ । यतिबेला अध्यक्ष प्रचण्ड बोलिरहेका छन्।