सेयर बजार ४१ अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । निरन्तर तीन दिन घटेको नेप्से आज ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा पुगेको छ।

आज २६५ धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा कारोबार भएको छ।आज सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले बढेर ३९३.०५ को विन्दुमा पुगेको छ।

आज १३ वटा उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढको छ। आज ट्रेडिङ उपसमूहको समूहगत सूचक सर्वाधिक ३।६२ प्रतिशतले बढेको छ। आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.४१ प्रतिशतले घटेको छ।

आज हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता ६५९ रुपैयाँ कायम भएको छ। सेन्चुरी डिबेन्चर २०८८ को सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ ।