सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी गत कारोबार दिनकै मूल्यमा कारोबार भइरहेको छ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।