भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके सरकार रहन्नः नेता कोईराला

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन्।

अमेरिकाको पछिल्लो वैदेशिक नीतिले पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याएको उल्लेख गर्दै उनले सुशासन कायम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए।

राजनीतिक स्थिरता,भ्रष्टाचारको अन्त्य,लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने उनको भनाई छ।

यस्तै कांग्रेसका भ्रातृ संगठनमा पार्टी संस्थापनको रवैया बढेको भन्दै उनले आक्रोश समेत पोखेका छन्।सुनिल शर्मा पक्राउप्रति लक्षित गर्दै उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए।