सुनिल शर्माको सर्टिफिकेट छानबिन गर्न माग गर्दै अखिल(क्रान्तिकारी)को प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन्।

थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए। यो समूहले भ्रष्टाचारी जोगाउनका लागि नेकपा एमालेले संसद अवरुद्ध गरेको आरोप पनि लगाएको छ।

अखिल क्रान्तिकारीमा असन्तुष्टहरुले पवन कार्कीको समूहमा रहेर गतिविधि गर्दै आएका छन्।