अनेम संघ (क्रान्तिकारी)को अर्घाखाँची जिल्ला संयोजकमा माया नेपाली चयन

-दामाेदर खनाल

काठमाडौं। अखिल नेपाल महिलासंघ (क्रान्तिकारी)को अर्घाखाँची जिल्ला भेला सम्पन्न भएको छ। भेलाले माया नेपाली संयोजक रहेकाे ११ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरिएको छ।

भेलामा उपस्थित अतिथिले मन्तव्य राख्दै विभिन्न समयमा भएका परिवर्तनले केही हदसम्म महिलाको हकहित सुनिश्चित गरेकाे बताएका छन्।भने अझै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्न नसकेको विचार व्यक्त गरेका छन्।

साे कार्यक्रममा वक्ताहरूले भने जब सम्म राज्यको विभिन्न ठाउँमा नेतृत्वमा महिलाहरु पुग्न सक्दैनन्। तबसम्म महिलाहरू चुलो चौकोमा मात्र सिमित रहिरहन्छन् त्याे बेलासम्म समाज र देशमा परिवर्तन हुन नसक्ने उनिहरूले दावि गरेका छन्।