इन्जिनियरिङ संस्थानले बढाएको शुल्क खारेज गर्न अनेरास्ववियूको माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीको भातृसंगठन अनेरास्ववियूले इन्जिनियरीङ्ग अध्ययन संस्थानद्वारा गरिएको भारी शुल्कवृद्धि खारेज हुनुपर्ने माग उठाएको छ।

प्राविधिक शिक्षा आम नागरिकको पहुँचमा हुनुपर्ने धारणा राख्दै गरिव, किसान, मजदुर र आर्थिक विपन्नताको पिडा खेपीरहेका हरेक नागरिकको प्राविधिक शिक्षा प्राप्तिको सपना पुरा गर्ने कर्तव्य राज्यको रहेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्।

एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘सर्वसुलभ र सबैको पहुँचमा प्राविधिक शिक्षा अनेरास्ववियूले विगतदेखि नै उठाउँदै आएको विषय हो।

यही मिति २०८० श्रावण २५ गते इन्जिनियरीङ्ग अध्ययन संस्थान (आइ.ओ.ई) ले आगिंक क्याम्पसहरुमा गरेको चर्को शुल्क वृद्धि (२ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार बनाइएको) प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

प्राविधिक जनशक्तिको वृहत्तर उत्पादनले मात्रै हाम्रो देश समृद्ध बन्न सक्ने बताउँदै उनले संगठनले बढाइएको शुल्क खारेज हुनुपर्ने माग अघि सारेको छ।

आफ्नो सुन्दर भविस्य सुनिश्चितताको खोजीमा प्राविधिक शिक्षा अध्ययन गर्न वर्षेनी लाखौं विद्यार्थी विदेश पलायन हुँदैछन्,’ विज्ञप्तीमा भनिएको छ, शिक्षित वेरोजगारको संख्या न्यूनीकारण गर्न र नेपालमै रोजगारीको ग्यारेण्टी गर्न सवैको पहुचमा प्राविधिक शिक्षा आजको आवश्यकता हो।

आम नेपालीको रोजाईमा परेको र प्राविधिक शिक्षा क्षेत्रमा विश्वस्नीय एवं स्थापित संस्था इन्जिनियरीङ्ग अध्ययन संस्थानलाई आर्थिक अभाव र गरिबले पिल्सीएका विद्यार्थीहररुलाई प्राविधिक शिक्षा प्राप्तिको अधिकारवाट वञ्चित नगर्न जोडदार माग गर्दछौं।