नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बिहान ११ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।

बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ। नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ।

देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा पनि छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए। विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो।